राष्ट्रिय खेलकुदको ट्रफी कर्णालीमा
काठमाडौं । गण्डकी प्रदेशमा यहि असोज २८ देखि कार्तिक ३ गते सम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ को मुख्य ट्रफ्री मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदर्शन गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतको उपस्थितिमा वीरेन्द्रनगरमा ट्रफी प्रदर्शन गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुदको ट्रफ्री टुरका लागि ओलम्पीयन दिपक विष्टको संयोजकत्वमा ट्रफी टुर कार्यदल गठन गरेको थियो ।मुख्यमन्त्री जिवनबहादुर शाहीले खेलाडीको हितका लागि सबभन्दा अग्रसर रहेर कर्णाली प्रदेशले काम गरिरहेको बताएका छन् । कार्यक्रममा बोल्दै शाहीले यस प्रदेशका खेलाडीका लागि रंगशाला निर्माणदेखि खेलाडीको हौसला बढाउने काममा सरकार निरन्तर लागिपरेको बताए ।
‘
प्रदेश सरकारले खेल र खेलाडीका लागि आफ्नो श्रोत अनुसारको बजेट ब्यवस्थापन गरेको छ ।’ उनले भने– ‘खेलकुदलाई प्राथमिकता दिएर नै म खेलाडीको अगाडि उपस्थित भएको छु । ट्रफी जितेर ल्याउन सबै खेलाडीलाई आग्रह गर्दै उनले नवौंमा यसको सपना देख्न आग्रह गरे । नवौंमा खेल मार्फत नै कर्णालीलाई चिनाउन उनको आग्रह थियो ।
ओलम्पियन तथा ट्रफी टुरका संयोजक दिपक बिष्टले पुलिस, आर्मी क्लबलगायत सबभन्दा राम्रा खेलाडी पश्चिम नेपालकै रहेको भन्दै उत्साहका साथ नवौं खेलकुदमा सहभागी हुन आग्रह गरे । ट्रफीले कर्णाली प्रदेशको खेलाडी र प्रशिक्षकको मनोबल बढाउने अपेक्षा रहेको उनको भनाइ थियो । ‘पहिलोपटक यो ट्रफी टुरको आयोजना गरिएको छ, यस्ले खेल क्षेत्रमा केही हुन्छ कि भन्ने अपेक्षा छ । उनले भने– ‘नवौं प्रतियोगिता मार्फत ट्रफी कर्णाली मैं ल्याउन उनले आग्रह गरे ।’
राष्ट्रिय खेलकुदको रनिङ ट्रफी टुरका संयोजक विष्ट सहित नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सहभागी भएका थिए । कार्यक्रममा बोल्दै कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य–चिव विश्वामित्र सञ्ज्यालले कर्णालीबाट नवौंमा सहभागी भई स्वर्ण, रजत र कांस्य पदक ल्याउने खेलाडीलाई क्रमशः दुई, डेढ र १ लाख नगग पुरस्कार दिने बताए ।
नवौं राष्ट्रिय खेलकुदमा कर्णालीबाट ४ सय ९८ जना खेलाडीले २९ वटा खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

टिप्पणी लेख्नुहोस्