राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नरेश थापा नियुक्त
काठमाडौं । अलिख नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नरेश थापालाई नियुक्त गरेको छ । उनलाई पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नियुक्त गरेको एन्फाले जनाएको छ ।
नेपालले पाकिस्तानसँग नोभेम्बर १६ मा दशरथ रंगशालामा एकमात्र मैत्रीपूर्ण खेल खेल्ने भएको छ । खेल साँझ ५ बजे सुरु हुनेछ ।
मङ्गलबार एन्फा कम्प्लेक्समा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले थापालाई नियुक्ति पत्र हस्तान्तरण गरे ।

टिप्पणी लेख्नुहोस्