लेख विवरण

राष्ट्रिय पुरुष खो खो प्रतियोगिता चैत २४ देखि

राष्ट्रिय पुरुष खो खो प्रतियोगिता चैत २४ देखि

काठमाडौं । नेपाल खो खो सङ्घले छैटौं देशव्यापी राष्ट्रिय पुरुष खो खो प्रतियोगिता यही चैत २४ देखि तीन दिनसम्म आयोजना गर्ने भएको छ ।

बिहीबार कीर्तिपुरस्थित कभर्डहलमा आयोजना हुने यस प्रतियोगितामा दुई विभागीय टोलीहरू नेपाली सेना, सशस्त्र प्रहरी बल र सात प्रदेश गरी नौवटा टोलीले प्रतिस्पर्धा गर्न लागेको प्रतियोगिता संयोजक तथा नेपाल खो खो सङ्घका उपाध्यक्ष प्रदीप महर्जनले जानकारी दिए ।

लिग कम नकआउट चरणमा खेलाइने यस प्रतियोगितामा आर्थिक अभावले महिला प्रतियोगिता सञ्चालन गर्न नसकेको संयोजक महर्जनले बताए ।

आर्थिक अभाव भएकाले १५ जना खेलाडी हुने यस प्रतियोगितामा १२ जना खेलाडीलाई मात्र समावेश गरिएको उनले बताए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.