लेख विवरण

राष्ट्रिय प्रतियोगिता खेल्न गण्डकीको हक्की टोली विराटनगर प्रस्थान

राष्ट्रिय प्रतियोगिता खेल्न गण्डकीको हक्की टोली विराटनगर प्रस्थान

काठमाडौंँ । चौथो गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगिता खेल्न गण्डकीको टोली विराटनगर प्रस्थान गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को वार्षिक कार्यक्रम अन्तर्गत बुधबारदेखी हुन लागेको प्रतियोगितामा सहभागि हुनका लागि गण्डकीबाट १६ सदस्यीय टोली विराटनगर प्रस्थान गरेको हो । बुधबारदेखी सुरु हुने प्रतियोगिता चैत २८ गतेसम्म संचालन हुनेछ ।

गण्डकीको टोलीमा असिम ठकुरी, हेमन पैजा, अभिषेक सुनार, अर्जुन श्रेष्ठ, कुशल नेपाली, संगम जिटी, सोनु खान, रोहित कुमार, शैलेश गुरुङ, पवन क्षेत्री, सागर परियार, गगन केसी, शिशिर केसी, सुरज कुमार, पवन परियार र सोमबहादु थापा रहेका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.