लेख विवरण

राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षकमा अनन्त थापा नियुक्त

राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षकमा अनन्त थापा नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षकमा अनन्त थापा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार अनन्तलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।

अनन्तको मुख्य प्रशिक्षणमा नेपालले भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने एन्फाले जनाएको छ । मैत्रीपूर्ण खेल फेब्रुअरी १३ देखि २५ तारिखको बीचमा भारतमा हुनेछ ।

यस्तै एन्फाले महिला टोलीको व्यवस्थापकमा वृन्दा देवान, सहायक प्रशिक्षकमा गङ्गा गुरुङ र गोलरक्षक प्रशिक्षकमा सुरजकुमार लामालाई गोलकिपर प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.