लेख विवरण

राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता चैत २४ गतेदेखि

राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता चैत २४ गतेदेखि

काठमाडौं । सञ्जय स्मृति प्रतिष्ठानको आयोजनामा सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता चैत २४ गतेदेखि हुने भएको छ ।

तीनदिने प्रतियोगिता पाल्पाको तानसेनस्थित रानीमहलमा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल संघकी उपाध्यक्ष समेत रहेकी प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले जानकारी गराइन् ।

करिब ३० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा सात प्रदेश र विभागीय टोली नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ गरी १० टोलीको सहभागीता रहने छ । प्रतियोगिताको एक टोलीमा २ खेलाडी मात्र रहने छन् ।

प्रतियोगितामा विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । सहभागी टिमलाई यातायात, बसोवास, जर्सी, खेल सामाग्री र ‘म्याच फि’ को व्यवस्था आयोजकले गर्ने बताइएको छ ।

पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव कुलबहादुर थापा, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, कलाकार धीरेन शाक्यले प्रतियोगिता सफलताका लागि शुभकामना दिएका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.