लेख विवरण

राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शनिबार हुने

राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शनिबार हुने

काठमाडौंँ । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगिताको पुरुषमा १ सय ५० पुरुष र महिलामा ४० गरी १ सय ९० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष अच्यूत खनालले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगिताको फाइनल खेल रविभवनस्थित नाथम कलेजमा हुनेछ । त्यसअघि शुक्रबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा खेलाडीको छनोट प्रतियोगिता हुनेछ । छनोट प्रतियोगिताबाट समान १०–१० पुरुष/महिला खेलाडी फाइनल चरणका लागि छनोट गरिने छ ।

पुरुष/महिलामा १/१ गरी २ स्पर्धामा खेल हुनेछ । दुवैमा फ्रिस्टायल बेस्ट रनमा प्रतिस्पर्धा हुने आयोजक संघका महासचिव सत्य थापाले जानकारी गराए । दुवै समूमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

काठमाडौंमा राष्ट्रिय प्रतियोगिता हुने लागेको यो तेश्रोपटक हो । बाँकी तीन संस्करण पर्यटकीय नगरी पोखरामा भएको थियो । यसैबीच संघले विश्व स्केट दिवसका अवसरमा बुधबारै ¥याली आयोजना ग¥यो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.