लेख विवरण

राष्ट्रिय हक्की प्रतियोगिता : आर्मीले पुलिसलाई हरायो

राष्ट्रिय हक्की प्रतियोगिता : आर्मीले पुलिसलाई हरायो

विराटनगर । शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता बुधबार (आज) देखि विराटनगरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मीले विजयी सुरुवात गरेको छ ।

आर्मीले नेपाल पुलिस क्लबलाई ६–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । टोलीका लागि देवसिंह धामीले २ गोल तथा रोशन चौधरी, प्रदीप राजवंशी, रोमन राना र नितिस न्यौपाने समान १–१ गोल गरे । पुलिसका लागि एक मात्र सान्तवना गोल महेश धामीले गरे । खेलको म्यान अफ द म्याच आर्मीका देवसिंह धामी भए । विजयी भएको आर्मीले अंक तालिकामा ३ अंक बटुल्न सफल भएको छ ।

चैत २७ गतेसम्म हुने प्रतियोगितामा २ विभागीयसहित ७ वटा टोलीको सहभागिता रहेको छ । नेपाल आर्मी, नेपाल पुसिल विभागीय टोलीका साथै कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४१ हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो खेल कोसी र मधेस प्रदेश, दोस्रो गण्डकी र नेपाल पुलिस तथा तेस्रो खेल नेपाल आर्मी र कर्णाली प्रदेशबीच हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.