लेख विवरण

राहुलको ऐतिहासिक उपलब्धी, एकै टोली विरूद्ध बनाए ३ शतक

राहुलको ऐतिहासिक उपलब्धी, एकै टोली विरूद्ध बनाए ३ शतक

काठमाडौं । लखनऊ सुपर जायन्ट्स (एलएसजी) का कप्तान केएल राहुलले ऐतिहासिक उपलब्धी प्राप्त गरेका छन्। उनी इण्डियन प्रीमियर लीग (आईपीएल) मा एकै प्रतिद्वन्दी विरूद्ध तीन शतक लगाउने पहिलो खेलाडी बनेका छन्। राहुलले यो उपलब्धी मुम्बईको वानखेडे स्टेडियममा रोहित शर्माको अगुवाईमा रहेको मुम्बई इण्डियन्स (एमआई) विरूद्ध इण्डियन प्रीमियर लीग २०२२ को ३७औं म्याचमा शतक लगाएर पुरा गरेका हुन्।

एलएसजी कप्तानले पॉंच पटकको च्याम्पियन एमआई विरूद्ध १०३ रन बनाएर आफ्नो टोलीलाई १६८ को स्कोरसम्म पुऱ्याए। उक्त खेलमा मुम्बईको टोली ३६ रनले पराजित भयो । आईपीएलमा मुम्बई इण्डियन्स विरूद्ध राहुलको यो तेस्रो शतक हो।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.