लेख विवरण

रियलले स्पेनिल ला लिगाको उपाधि जित्ने सम्भावना बढायो

रियलले स्पेनिल ला लिगाको उपाधि जित्ने सम्भावना बढायो

काठमाडौं । रियल म्याड्रिडले स्पेनिल ला लिगाको उपाधि जित्ने सम्भावनालाई बढाएको छ ।

सेल्टा डि भिगोमाथि सहज जित हात पार्दै रियलले शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरीसमेत छोट्याएको छ । 

रियलले घरेलु मैदानमा सेल्टालाई २–० ले पराजित गर्दै बार्सिलोनासँगको दुरी छोटाएको हो । 

जितसँगै दोस्रो स्थानमा रहेको रियलले बार्सिलोनासँगको ८ अंक छोट्याउन सफल भएको छ, बार्सिलोनासँग ७३ अंक छ । 

रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलको ४२औं मिनेटमा रियलका मार्को एसेन्सियोको गोल गरे । र, पहिलो हाफ १–० को स्थितिमा रहन पुग्यो ।

यसैगरी दोस्रो हाफको सुरुवाती अर्थात ४८औं मिनेटमा एडर मिलिसाओले गोल गर्दै रियलको अग्रता २–० को स्थीतिमा रहन पुग्यो । त्यसपछि कुनै नतिजा निस्कन सकेन र खेल २–० मा टुंगियो । 

जीतसँगै रियलले ३० खेलबाट ६५ अंक बटुलेको छ भने पराजित सेल्टा ३६ अंक जोडेर १२औं स्थानमा सिमित रहेको छ । 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.