रुएनसँग फेरि हारे जोकोभिच
काठमाडौंँ । डेनमार्कका होल्गर रुनले इटालियन ओपन टेनिसको क्वार्टरफाइनलमा २२ पटकका ग्राण्डस्लाम च्याम्पियन नोभाक जोकोभिचलाई ६ महिनामा दोस्रो पटक ६–२, ४–६ र ६–२ को सोझो सेटमा पराजित गरेका छन् । यसअघि नोभेम्बरमा पनि रुनीले पेरिस मास्टर्सको फाइनलमा जोकोभिचलाई पराजित गरेका थिए ।
क्ले कोर्टमा रुनीको शानदार प्रदर्शन रह्यो । उनले मोन्टे कार्लो मास्टर्समा फाइनल खेले, म्युनिखमा उपाधि जिते र अब यहाँ (इटालियन ओपन) मा सेमिफाइनल पुगेका छन्। छ पटकको च्याम्पियन जोकोभिच पछिल्लो आठ वर्षमा एक पटक मात्रै फाइनलमा पुग्न असफल भए । उनले अर्को साता कार्लोस अल्काराजसँगको नम्बर एक र्याङ्किङ गुमाउने छन् । सेमिफाइनलमा रुनीको सामना क्यास्पर रुडसँग हुनेछ ।
महिलातर्फ दुई पटककी च्याम्पियन इन्गा स्विटेक दायाँ तिघ्राको चोटका कारण विम्बल्डन च्याम्पियन एलेना रिबाकिनासँगको क्वार्टरफाइनलबाट बाहिरिएकी छिन् । रिबाकिनाले जेलेनाले अब ओस्टापेन्कोको सामना गर्नेछिन् ।

टिप्पणी लेख्नुहोस्