लेख विवरण

रुपन्देही टेनिसलाई लामाको सहयोग

रुपन्देही टेनिसलाई लामाको सहयोग

रुपन्देही । भेट्रान टेनिस खेलाडी उत्तम लामाले रुपन्देही जिल्ला टेनिस संघलाई ५ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

बुटवल उपमहानगरपालिका ११, देवीनगरमा जिल्ला संघले सञ्चालन गरेको एकेडेमीमा बत्ती जडान गर्न सहयोग उपलब्ध भएको रुपन्देही जिल्ला टेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीले जनाएका छन् ।

चार कोर्ट रहेको एकेडेमीमा २५ जनाले नियमित प्रशिक्षण गरिहेको अध्यक्ष ज्ञवालीले जानकारी दिए । खेलाडीलाई विष्णु नेपाली र विकास खड्काले प्रशिक्षण दिइरहेका छन् ।

‘रात्री समयमा पनि अभ्यास गर्न सहज होस् भनेर उहाँले हामीलाई सहयोग गर्नु भयो । उहाँ प्रति आभारी छौं ।’ अध्यक्ष ज्ञवालीले भने ।

लामाले अध्यक्ष ज्ञवालीलाई उक्त रकम बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरे । सोही अवसरमा सहयोगको कदर गर्दै जिल्ला संघका अध्यक्ष ज्ञवालीले लामालाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

रुपन्देही जिल्ला टेनिस संघले विगत ५ वर्षदेखि नियमित रुपमा खुला टेनिस प्रतियोगिता पनि आयोजना गर्दै आएको छ । उक्त प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.