लेख विवरण

रुस र युक्रेनबीच जारी युद्धमा दुई फुटबल खेलाडीको मृत्यु

रुस र युक्रेनबीच जारी युद्धमा दुई फुटबल खेलाडीको मृत्यु

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धमा दुई फुटबल खेलाडीको मृत्यु भएको छ । युक्रेनका भिटाली सपिलो र डेमिट्रो मार्टेन्को रुसी आक्रमणमा मारिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन । २१ वर्षीय भिटाली कर्पाती लाइभ्स क्लबमा आबद्ध थिए। शुक्रबार उनको टोलीले मृत्यु बारे जानकारी दिएको हो ।भिटाली एक ट्यांक कमाण्डरका रूपमा युक्रेनी सेनामा प्रवेश गरेका थिए। युक्रेनमा रुसको आक्रमणपछि उनलाई यो जिम्मेवारी दिइएको थियो । अर्का खेलाडी डेमिट्रो मार्टेन्को रूसी सेनाको बम आक्रमणमा मारिएका छन। रुसी सेनाले प्रहार गरेको बम डेमिट्रो मार्टेन्कोको घरमा खसेपछि उनले ज्यान गुमाएका थिए । डेमिट्रो गोस्टमल फुटबल क्लबबाट खेल्थे।

व्यवसायिक फुटबल खेलाडीहरूको संस्था फिफ्प्रोले दुवै खेलाडीहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै भन्यो, 'हाम्रो समवेदना युक्रेनी युवा फुटबल खेलाडी भिटाली सापिलो र डेमिट्रो मार्टिनेन्कोका परिवार, साथीहरू र सहकर्मीहरूप्रति छ। यो युद्धमा फुटबलको पहिलो क्षती हो। उनीहरुको आत्माले शान्ति पाउन।'

युवा स्कीयर येभगेनी मेलिशेभ पनि रूसी सैनिकसँगको लडाईमा मारिएका छन। रूसी सेनालाई रोक्ने क्रममा उनको मृत्यु भएको हो । २० वर्षीय मिलसेभ युक्रेनको जुनियर टोलीका सदस्य थिए। उनले देशको सेनामा सेवा गर्न दुई वर्षअघि अस्थायी रूपमा स्कीइङ छोडेका थिए। युक्रेनको बियाथलन महासंघले उनको मृत्यु भएको पुष्टि गरेको छ ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.