रोनाल्डो र मेस्सीबीच मैत्रीपूर्ण खेल हुँदै
काठमाडौंँ । विश्वका चर्चित दुई फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आगामी साता हुने मैत्रीपूर्ण खेलमा दुई क्लबको नेतृत्व गर्दै रियादमा खेल्ने भएका छन् ।
खेलमा मेस्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी) र रोनाल्डाले नयाँ क्लब अल नासर र साउदी प्रतिद्वन्द्वी अल हिलालका खेलाडी मिलेर बनेको टोलीसँग जनवरी १९ मा रियादमा मैत्रीपूर्ण खेल खेल्ने भएका छन् ।
कतारको स्वामित्व रहेको पीएसजीले जनवरी १७ मा दोहाको यात्रा गर्नेछ र त्यसपछि साउदी अरेबियाको राजधानी किङ फाहद स्टेडियममा हुने खेलमा मेस्सी र रोनाल्डोबीचको प्रतिद्वन्द्वीता नवीकरण हुनेछ ।
गत डिसेम्बरमा कतारमा अर्जेन्टिनाले विश्वकप जितेपछि १५ दिन बिदा लिएका मेस्सी गत सातादेखि पिएसजीमा प्रशिक्षणका लागि सहभागी भएका छन ।
फेब्रुअरीमा ३८ वर्ष पूरा हुने रोनाल्डोले सन् २०२५ सम्मका लागि २० करोड युरो (करिब २१ करोड ४० लाख अमेरिकी डलर) भन्दा बढी मूल्यको सम्झौतामा सहमति जनाएपछि अल नासरमा सामेल भएका हुन ।
सन् २०३० मा ग्रीस र इजिप्टसँग मिलेर विश्वकप आयोजना गर्ने सम्भावित संयुक्त प्रयासअघि साउदी अरेबियाले देशमा फुटबलको प्रोफाइल सुधार्न खोजिरहेको बेला फ्रान्सेली रुडी गार्सियाको प्रशिक्षणमा अल नासरमा पोचुगाली स्टार रोनाल्डोको आगमन भएको हो ।
रोनाल्डो र मेस्सीले पछिल्लो १५ वर्षमा १२ पटक बालोन डी’ओर जितेका छन् ।
उनीहरूको प्रतिद्वन्द्विता नौ वर्षको दौडानमा बढ्यो जसमा उनीहरू स्पेनमा एक अर्काको बिरूद्ध प्रतिस्पर्धा गर्दै आएका थिए ।
उक्त समय मेस्सी बार्सिलोनाका लागि र रोनाल्डोले रियल म्याड्रिडका लागि खेलेका थिए । रियाद क्लब अल हिलाल र अल नासर साउदी अरेबियाका दुई सर्वाधिक सफल टोली हुन् ।
सन् २०११ मा गल्फ स्टेटले क्लब किनेपछि पिएसजीले जाडो याममा कतार जाने बानी बसालेको छ ।

टिप्पणी लेख्नुहोस्