लेख विवरण

रोहित फ्लप हुनुको ५ कारण

रोहित फ्लप हुनुको ५ कारण

काठमाडौं । रोहित शर्मा वर्तमान युगको सबैभन्दा प्रतिभाशाली खेलाडी मध्ये एक मानिन्छन। सन् २००९ को आईपीएलमा एडम गिलक्रिस्टले रोहित कप्तानको लागि पूर्णरुपमा तयार रहेको बताएका थिए । र त्यो समय पनि आयो जब रोहितलाई भारतीय टोलीको तीनवटै ढाँचाको कप्तान बनाइयो।

भारतीय टोलीको कमाण्ड सम्हालेपछि रोहितले आफ्नो प्रदर्शनबाट मुम्बईलाई छैटौं पटक आईपीएलको उपाधि जिताउने अपेक्षा गरिएको थियो । आईपीएल २०२२ को १४ खेलमा रोहितले १९ को औसतमा मात्र २६८ रन बनाए । यस क्रममा उनको स्ट्राइक रेट १२० रहयो। मुम्बई इन्डियन्सको कमजोर ब्याटिङ लाइनअपमा रोहित यस पटक बलियो कडी बन्न सकेनन् ।

इतिहासमा पहिलो पटक रोहितले आईपीएलको एक सिजनमा एउटा पनि अर्धशतक प्रहार गर्न सकेनन् । यो सिजनमा रोहित फ्लप हुनुको ५ कारण ।

१. कमजोर फुट मुभमेन्ट : रोहितको ह्यान्ड र आई कोर्डिनेशन सधैं उत्कृष्ट रहेको छ। योसँगै फुट मुभमेन्ट रोहितको ब्याटिङको विशेषता हो। आईपीएल २०२२ मा रोहितको फुट मुभमेन्ट कत्ति पनि चलेन । उनले पिचमा अगाडी बढेर खेल्नुको सट्टा स्ट्यान्डिङ शट लगाउने प्रयास गरेको देखियो । नतिजाको रूपमा उनले आफ्नो विकेट गुमाए।

रोहितका बाल्यकालका प्रशिक्षक दिनेश लाल पनि यो कुरामा सहमत छन् । ब्याटिङका क्रममा हिटम्यानको खुट्टा चाहेजति नचलेको दिनेश बताउँछन् । तर उनले रोहित छिट्टै फर्ममा फर्कने अपेक्षा गरेका छन् ।

२. सफलता दोहोर्याउने दबाब रोहितको प्रदर्शनमा देखियो : आईपीएलमा अहिलेसम्म कुनै पनि कप्तानले पाँच उपाधि जितेका छैनन् । यो सफलता दोहोर्याउने दबाब रोहितमा प्रष्ट देखिन्थ्यो। पछिल्लो सिजनको असफलतापछि उनी हरेक खेलमा केही फरक गर्ने प्रयासमा देखिए । ओपनिङ गर्दा समस्या भएको भए रोहितले मध्यक्रममा खेल्न सक्थे।

ओपनिङ ओभरको सिम र स्विङको सट्टा पिचमा फास्ट बलरलाई मद्दत पुगेपछि मात्र रोहित ब्याटिङमा आएको भए राम्रो हुन्थ्यो। ठूलो इनिङ्सले रोहितको आइपीएलमा आत्मविश्वास फर्काउन सक्ने थियो, जसले टोलीको ब्याटिङ लाइन बलियो बनाउँछ। रोहितले सिजनको शुरुवातमा सफलता पाउनका लागि हरेक कोसिस गरे तर सफल हुन सकेनन् ।

३. रोहित फास्ट बलिङको अगाडि टिक्न सकेनन् : यस पटक रोहितको ब्याटले तिब्र गतिका बलरहरुको अगाडि पटक्कै खेलेन । उनी १४ इनिङ्समा ९ पटक फास्ट बलरको शिकार भए । रोहितले तिब्र गतिका बलरहरुको अगाडि २१९ रन बनाए । यस अवधिमा उनको स्ट्राइक रेट १२१ मात्र रह्यो।फास्ट बलिङका अगाडि लगातार पुल सट प्रहार गर्ने रोहितले यो सिजनमा आफ्नो अगाडि १२ छक्का र २४ चौका मात्र प्रहार गर्न सके । रोहितको फास्ट बलिङ खेल्ने कमजोरीले पुरै टोलीलाई दबाबमा राखेको थियो ।

४. लगातार क्रिकेट खेल्ने हिटम्यान मानसिक रुपमा थकित देखिये : रोहित लगातार क्रिकेट खेलिरहेका छन् । जसका कारण उनको खेलमा मानसिक थकान पनि देखिएको थियो । टोलीको अन्तिम लिग खेल पछि हिटम्यानले स्वीकार गरे कि मैले धेरै चीजहरू गर्न चाहेको थिए, यो सिजनमा तर गर्न सकिन। रोहित भन्छन्– म आफ्नो प्रदर्शनबाट निकै निराश छु । तर यो पहिले पनि मसँग भएको छ। मानसिक पक्षलाई ध्यानमा राखेर फर्ममा फर्कने प्रयास गर्नेछु । जब म यसका लागि समय पाउँछु, म खेल्ने तरिकामा केही परिवर्तन गर्छु।

५. अन्य ब्याट्सम्यानको असफलताले रोहितमाथि दबाब बढ्यो : मुम्बईका प्रमुख ब्याट्सम्यानको असफलताको असर विश्व क्रिकेटका शीर्ष तीन सेतो बलका ब्याट्सम्यानको ब्याटिङमा पनि देखिएको थियो । इशान किशनले सिजनको अन्त्यसम्ममा ४०० रनको आँकडा पार गरे पनि सुरुमा टोलीसँग ८ हार बेहोरेको उनको प्रदर्शन पनि अपेक्षाअनुरुप हुन सकेन । यस्तो अवस्थामा रोहितले खुलेर आफ्नो इनिङ योजना बनाउन सकेनन् ।

किरोन पोलार्डको निराशाजनक प्रदर्शनका कारण मुम्बईको मध्यक्रम दबाबमा परेको थियो ।मुम्बई पूर्ण रूपमा आईपीएलबाट बाहिर नभएसम्म पोलार्डलाई प्लेइङ ११ मा मौका दिइयो। हार्दिक पाण्डेया र कृणाल पाण्ड्याको अनुपस्थितिमा मुम्बई पनि सुरुवाती खेलमा उत्कृष्ट प्लेइङ इलेवनको लागि आतुर थियो।

यसअघि रोहितले मिडल अर्डरमा पोलार्ड र पाण्ड्या ब्रदर्सको ब्याटिङमा खेल समाप्त हुनेमा ढुक्क भएकाले स्वतन्त्र रूपमा शट खेल्न सक्षम थिए। यसपटक भने त्यस्तो भएन । मुम्बईले पछिल्लो ६ खेलमा ४ जितसहित सिजनको अन्त्य गरेको छ । टिमले टिम डेभिडजस्ता भरपर्दो म्याच फिनिशर पनि पाएको थियो ।

अब टोली व्यवस्थापनले खेलाडीको संयोजनलाई राम्ररी बुझेको हुनुपर्छ भन्ने अपेक्षा गरिएको छ । यस्तो अवस्थामा रोहितले अर्को वर्ष ब्याट्सम्यानको प्रदर्शनको दबाब नलिई स्वतन्त्र ब्याटिङ गर्न सक्नेछन् ।

 

 

 

 

 

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.