लेख विवरण

रोहित सम्मिलित केडिरीलाई इन्डोनेसियन घरेलु लिग वानमा पहिलो अंक

रोहित सम्मिलित केडिरीलाई इन्डोनेसियन घरेलु लिग वानमा पहिलो अंक

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पर्सिक केडिरीले इन्डोनेसियन घरेलु लिग वानमा पहिलो अंक जोडेको छ ।

आइतबार अपराह्न समाप्त भएको खेलमा पर्सिक केडिरी भयङ्करा एफसीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाढेको हो । खेलको ३३औं मिनेटमा पहेंलो कार्डको सामना गरेका रोहितले पूरा समय मैदानमा बिताएका थिए ।

पर्सिक केडिरीले खेलमा अग्रता बनाएपछि जोगाउँन नसक्दा अंक बाढ्न बाध्य भयो । खेलको १५औं मिनेटमा रिनान सिल्भाले पेनाल्टी मार्फत गोल गर्दै सुरुवाती अग्रता बनाए । तर, ३६औं मिनेटमा युसुफ इजेजारीले गोल गर्दै भयङ्कराको हार टारे ।

बराबरीसँगै केडिरीले लिगमा पहिलो अंक जोडेको छ । उसको दुई खेलबाट १ अंक छ । यता, भयङ्कराको लगातार दुई खेलबाट दुई अंक छ । दुई खेलबाट ६ अंक जोडेका मादुरा युनाइटेड र पिएसएम माकासार क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.