लेख विवरण

रोहित सम्मिलित पेर्सिक केडेरीको जित

रोहित सम्मिलित पेर्सिक केडेरीको जित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पेर्सिक केडेरीले जित निकालेको छ ।

आइतबार राति इन्डोनेसियामा भएको पिअला प्रेसिडेन्ट कपमा पेर्सिकले पेर्सिकावो १९७२ लाई १–० अन्तरले पराजित गरेको हो ।

पेर्सिकको जितमा जोअनडेर्सनले ५०औं मिनेटमा निर्णायक गोल गरे । २६ वर्षिय ब्राजिलियन खेलाडीको गोल निर्णायक बन्दा रोहित भने ४६औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

अघिल्लो सिजन पर्सिजा जाकर्तामा रहेका रोहित यस सिजनका लागि पर्सिकका आवद्ध भएका हुन् । इन्डोनेसियाको लिग वान भने सुरु भएको छैन ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.