लेख विवरण

लखनउको जितपछि रोचक बन्यो आईपीएल प्लेअफ दौड, यस्तो छ अंक तालिका

लखनउको जितपछि रोचक बन्यो आईपीएल प्लेअफ दौड, यस्तो छ अंक तालिका

काठमाडौंँ । लखनउ सुपर जाइन्ट्सले सनराइजर्स हैदरावादमाथि जित हात पारेपछि आईपीएल प्लेअफको दौड रोमाञ्चक बनेको छ । आजको जितपछि लखनउ सुपर जाइन्ट्स अंक तालिकामा चौथो स्थानमा पुगेको छ । जबकि राजस्थान रोयल्स पाँचौं नम्बरमा झरेको छ। गुजरात टाइटन्सबाहेक चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स टप–३ मा रहेका छन् । गुजरात टाइटन्सको १२ खेलमा १६ अंक छ । यस हिसाबले हार्दिक पाण्ड्याको टोली शीर्ष स्थानमा छ । चेन्नई सुपर किंग्सको १२ खेलमा १५ अंक छ । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको सीएसके दोस्रो नम्बरमा छ ।

तेस्रो नम्बरमा रोहित शर्माको मुम्बई इन्डियन्स रहेको छ । मुम्बई इन्डियन्सको १२ खेलमा १४ अंक छ । योसँगै अब लखनउ सुपर जायन्ट्स अंक तालिकामा चौथो नम्बरमा छ। लखनऊ सुपर जायन्ट्सको १२ खेलबाट १३ अंक छ । अर्थात् अंक तालिकामा शीर्ष ५ टोलीको क्रमशः १६, १६, १४ र १३ अंक छन् । लखनउ सुपर जाइन्ट्सले सनराइजर्स हैदरावादलाई हराएपछि राजस्थान रोयल्स पाँचौं नम्बरमा झरेको छ । राजस्थान रोयल्सको १२ खेलमा १२ अंक छ ।

फाफ डु प्लेसिसको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरका अलावा कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्स क्रमशः छैठौं, सातौं र आठौं स्थानमा छन् । कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सको समान १०–१० अंक छ । सनराइजर्स हैदरावाद ११ खेलमा ८ अंकसहित नवौं स्थानमा छ । जबकि डेभिड वार्नरको कप्तानीमा रहेको दिल्ली क्यापिटल्स ११ खेलमा ८ अंकसहित दशौं स्थानमा छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.