ललितपुर मेयर्स कप : मधेश प्रदेशको टोली घोषणा
काठमाडौंँ । ललितपुर मेयर्स कप महिला टि-२० क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशको टोली घोषणा भएको छ ।
मधेश प्रदेश क्रिकेट संघले आज सरस्वती चौधरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा कवितासँगै सरस्वती चौधरी, शान्ती चौधरी, अनु चौधरी, सन्तोषी चौधरी, दिपा राम, रोजी कडारी, सिमा कुँवर, भुमि सिंह, चान्दनी खातुन, प्रतिमा साह, अलिशा यादव (विकेट किपर), साना प्रविन र अमिरन निशा रहेकी छन ।
यस्तै बैकल्पिक खेलाडीमा मिना महतो, वन्दना गुप्ता, आरती चौधरी र अमिसा पटेल रहेकी छन । मेयर कप चैत ९ देखि १६ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना हुनेछ । प्रतियोगिताको उद्घाटन खेल ललितपुर मेयर–११ र सुदुर पश्चिम प्रदेशबीच हुनेछ ।
प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता टी–ट्वान्टी फर्म्याटको हुनेछ ।


टिप्पणी लेख्नुहोस्