लेख विवरण

ललितपुर मेयर कप : एपीएफको लगातार दोस्रो जित

ललितपुर मेयर कप : एपीएफको लगातार दोस्रो जित

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । टोलीले सुदुर पश्चिम प्रदेशलाई १५ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गर्यो । एपिएफको जितमा कप्तान सिता राना मगरले अर्धसतकिय पारी खेल्दै ५९ बलमा ५२ रन बनाउदै अविजित रहिन । सिताले बलिङमा पनि २४ रन खर्चेर एक विकेट लिइन । उनी खेलको प्लेयर अफ द म्याच बनिन ।

यसअघि टियु अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरको खेलमा २ विकेट गुमाउदै १२१ रन बनायो । टोलीका लागि कप्तान सिता राना मगरले सर्वाधिक ५२ रन बनाउदै अविजित रहिन । ५९ बलको समाना गर्ने क्रममा उनले ७ चौंका प्रहार गरिन् । तेस्रो नम्बरमा आएकी इन्दु बर्माले आक्रमक ब्याटिङ गर्दे ३७ बलमा ४५ रन बनाएर आउट भइन् । उनले ५ चौंका प्रहार गरिन । ओपनर ज्योती पाण्डे १३ रन बनाएर आउट हुँदा ममता चौधरी ३ रनमा अविजित रहिन् । बलिङमा सुदुर पश्चिमका लागि इश्वरी बिष्टले एक विकेट लिइन् ।

एपिएफले दिएको १२२ रनको लक्ष्य पछ्याउने क्रममा सुदुर पश्चिमको टोली २० ओभरमा ६ विकेट गुुमाउदै १०६ रनमा रोकियो । सुदुरका लागि ओपनर कविता कँुवरले अर्धसतक बनाउदै सर्वाधिक ५१ रन बनाएर आउट भइन् । सम्झना खड्का १७ रन बनाएर आउट भइन् । कप्तान बिन्दु रावल (१), रुबी पोडार (४), रेवती धामी (१) र स्नेहा महरा (२) रन बनाएर आउट भए । कबिता जोशी २६ रन बनाउदै अविजित रहिन । एपिएफका लागि बलिङमा सुमन बिष्टले २, सिता राना मगर र इन्दु बर्माले समान एक एक विकेट लिए ।

प्रतियोगितामा पाँच टोलीको सहभागिता रहेको छ । जसमा सुदूरपश्चिम प्रदेश, कोसी प्रदेश, एपीएफ क्लब, मधेश प्रदेश र आयोजक ललितपुर मेयर–११ रहेका छन् । लिगको शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ । फाइनल खेल चैत १६ गते हुनेछ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.