लेख विवरण

ललित राजवंशी र दिपेश कँडेल सम्मानित

ललित राजवंशी र दिपेश कँडेल सम्मानित

सुनसरी । राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशी र दिपेश कँडेल सम्मानित भएका छन् । सुनसरीको भोक्राहा गाउपालिकाले सिनियर टोलीका खेलाडी राजवंशी र यु-१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई नगद २० हजार रुपैयाँसहित सम्मान गरेको हो ।

दीपेशले युएईविरुद्ध ह्याट्रिक विकेट लिएर नेपाललाई यु-१९ विश्वकपमा छनोट गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ललितले विश्वकप लिग-२ श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

कोशी प्रदेशबाट अहिले राष्ट्रिय सिननियर टिममा ललित र यु-१९ मा दिपेश मात्र छन । उनीहरुलाई विराटनगर महानगरपालिका र कोशी प्रदेश सरकारले पनि सम्मान गर्ने निणर्य गरेको छ । प्रदेश सरकारले जनही १ लाख ११ हजार र विराटनगर महानगरपालिकाले जनही एक लाख एक हजार सहित सम्मान गर्ने घोषणा गरेको छ ।

 

क्रिकेटर केसी र भण्डारीलाई गृह जिल्लामा सम्मान

टिप्पणी लेख्नुहोस्

Please Login to comment.