लेख विवरण

लामो दूरीका धावक कार्कीको दौड पूरा

लामो दूरीका धावक कार्कीको दौड पूरा

काठमाडौं । लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरदेखि जनकपुरसम्मको दौड पूरा गरेका छन् । गोदावरी नगरपालिका, गोदामचौर निवासी कार्कीले सोही स्थानमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट मंसिर ९ गते दौड सुरु गरेका थिए ।

जम्मा २ सय २५ किलोमिटरको दूरी तय गर्न ३ दिनमा ३६ घण्टा समय लागेको कार्कीले जनाएका छन् । कार्कीले ललितपुरदेखि जनकपुरसम्मको दौड यात्रा चौथो पटक पूरा गरेका हुन् ।

आफूले निर्माण गरेको हनुमान मन्दिरमा गद्दा निर्माणका लागि आर्थिक सहयोग जुटाउन दौडेको कार्कीले जानकारी गराए । उनको दौड यात्रामा अर्जुनध्वज कार्की, कुमारध्वज कार्की र राजेन्द्र खड्काले आवश्यक सहयोग गरेका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.