लेख विवरण

ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना पराजित

ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना पराजित

काठमाडौं । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना पराजित हुन पुगेको छ ।

म्याड्रिडमा बुधवार राती भएको खेलमा घरेलु टोली भालेकानोसँग पराजय हुन पुगेको हो । 

भालेकानो २–१ ले बिजयी हुदाँ शिर्षस्थानमा रहेको बार्सिलोना स्तब्ध हुन पुगेको छ । 

बुधबार राति भएको खेलको १९औं मिनेटमा अल्भारो गार्सियाले गोल गरेपछि भालेकानो १–० ले अघि बढेको थियो ।

भालेकोनाको गोल पोष्टमा गोल हान्ने अनवरत प्रयास गरे पनि अन्ततः बार्सिलोना पहिलो हाफमा नै १–० ले पछि पर्न पुग्यो । 

दोस्रो हाफको सुरुवाती अर्थात ५३औं मिनेटमा फ्रान्सिस्को गार्सियाले गोल गर्दै रायो भालेकानोलाई २–० को अन्तरले अग्रता दोब्बर बनाए ।

तर, ८३औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि थप गोल हान्न नसक्दा बार्सिलोनाले पराजय भोग्नु प¥यो ।

यस सिजन ला लिगामा तेस्रो हार बेहोरेको बार्सिलोनाले ३१ खेलबाट ७६ अंक जुटाएको छ भने भालेकानो ४३ अंकसहित नवौं स्थानमा उक्लिएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.