लेख विवरण

लिग वानमा पीएसजीले एसी अजासिओलाई ५-० ले हरायो

लिग वानमा पीएसजीले एसी अजासिओलाई ५-० ले हरायो

काठमाडौँं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले एसी अजासियोमाथी जित निकालेको छ। घरेलु मैदानमा गएराती भएको खेलमा पीएसजीले अजासियोई ५–० गोल अन्तरले हराएको हो।

पीएसजीका लागि केलियन एमबाप्पेले ४७ औ र ५४ औ मिनेटमा गरी २ गोल गरे। २२ औं मिनेटमा फ्याबिना रुइजले एक गोल गरे। अचराफ हाकिमीले ३३ र अन्तिम समयमा मोहम्म युसुफले गोल गर्दै पीएसजीलाई ५–० को जित दिलाए।

जितसँगै पीएसजी ३५ खेलमा ८१ अंकका साथ शीर्ष स्थानमा रहेको छ। अजासियो २३ अंक जोडेर १८औं स्थानमा रहेको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.