लेब्रोन जेम्सको जर्सी करिब ४८ करोड रुपैयामा बिक्री
काठमाडौंँ । बास्केटबलका सुपरस्टार लेब्रोन जेम्सको जर्सी करिब ४८ करोड रुपैयामा बिक्री भएको छ । ३८ बर्षीय बास्केटबल खेलाडी लेब्रोनको जर्सी लिलामी मार्फत बिक्री भएको हो । उनले सन् २०१३ को एनबीए फाइलमा च्याम्पियन बन्ने क्रममा उक्त जर्सी लगाएका थिए ।
यसअघि सन् २०२० मा लेब्रोनको अलस्टार जर्सी करिब ८ लाख २१ हजारमा रुपैयामा बिक्री भएको थियो ।
बास्केटबलका माइकल जोर्डनको जर्सी अहिले सम्म सर्वाधिक मुल्यमा बिक्री भएको छ । उनले सन १९८८ को एनबीए फाइनलमा लगाएको १०.१ मिलियन डलरमा बिक्री भएको थियो ।

टिप्पणी लेख्नुहोस्