वर्षाका कारण भारतले न्युजिल्यान्डविरुद्धको शृंखला जित्यो
काठमाडौं । भारतले न्युजिल्यान्डविरुद्धको टी–२० सिरिज जितेको छ । तेस्रो खेल वर्षाका कारण बराबरीमा टुंगिएपछि भारतले सिरिज जितेको हो ।
न्युजिल्याण्डले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको भारतले ९ ओभरमा ४ विकेट गुमाएर ७५ रन बनाउदा वर्षाका कारण खेल अघि बढ्न सकेन । त्यसपछि डकवर्थ लुईस नियमका आधारमा दुवै टोलीको स्कोर ९ ओभरमा बराबर थियो र जसका कारण खेल बराबरीमा रोकिएको थियो ।
सिरिजको पहिलो खेल पनि वर्षाले रद्द भएको थियो भने दोस्रो खेलमा भारत विजयी भएको थियो ।

टिप्पणी लेख्नुहोस्