लेख विवरण

वर्षाको कारण अवरुद्ध नेपाल र कुवेतबीचको सेमिफाइनल खेल सुरु

वर्षाको कारण अवरुद्ध नेपाल र कुवेतबीचको सेमिफाइनल खेल सुरु

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाले अवरुद्ध भएपछि पुनः सुचारु भएको छ । त्रिवि मैदानमा जारी खेल वर्षा भएपछि रोकिएको थियो ।

पहिला ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाएको छ । नेपालका कुशल भुर्तेल ४३ रन बनाएर आउट भए भने आसिफ शेख ३१ तथा भीम शार्कीले १ रन बनाएर आउट भए । अहिले रोहित पौडेल र कुशल मल्ले नेपालको पारी सम्हालेका छन् ।

पौडेल ३० रन तथा मल्ल ३२ रन बनाएर नटआउट छन् ।

बर्षाको कारण अवरुद्ध खेल अब ४२ ओभरको हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.