वार्नरलाई कप्तानको रूपमा आजीवन प्रतिबन्ध लगाउनु गलत : स्मिथ
काठमाडौं । अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथले डेभिड वार्नरलाई कप्तानको रूपमा लगाइएको आजीवन प्रतिबन्ध 'मौलिक रूपमा गलत' भएको बताएका छन् । तर उनले यो निर्णयलाई उल्टाउने प्रयास वार्नरका लागि झनै कठिन भएको बताएका छन ।
यसैबीच वार्नरले एडिलेडमा वेस्ट इन्डिज विरुद्धको दोस्रो टेस्ट अघि सबैलाई चकित पारेका थिए । उनले क्रिकेट अष्ट्रेलियाको सार्वजनिक प्रक्रियामा भाग लिन नचाहेको कारण आजीवन प्रतिबन्ध लगाइएको आफ्नो विरुद्धको अपील फिर्ता लिने घोषणा गरेका छन।
प्याट कमिन्सको अनुपस्थितिमा वेस्ट इन्डिज विरुद्धको टेस्टमा अष्ट्रेलियाका लागि कप्तानी गरेका स्मिथले भने, "मेरो दृष्टिकोणले कप्तानीमा आजीवन प्रतिबन्ध लगाउनु मौलिक रूपमा गलत हो । डेभिडले आफ्नो सजाय पूरा गरि सकेका छन, जस्तै मैले गरें। हामीलाई थाहा छ उनी हाम्रो टोलीको नेता हुन, र उनले मैदानमा र बाहिर धेरै कामहरु गरिरहेका छन।”
स्मिथले भने, "डेभिडलाई अप्ठ्यारो भइरहेको छ, उनको लागि यो कठिन समय हो । तर अब हामी अगाडि बढ्नुपर्छ। उनलाई हाम्रो पूर्ण समर्थन छ । आशा छ कि उनले दक्षिण विरुद्ध हाम्रो लागि ब्याटिङमा राम्रो प्रदर्शन गर्नेछन।"
वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा वार्नरले दुई खेलको चार इनिङ्समा मात्र १०२ रन बनाएका थिए । पछिल्लो दुई वर्षमा टेष्ट क्रिकेटमा वार्नरको प्रदर्शन खासै राम्रो रहेको छैन ।
वार्नरले यस महिनाको अन्त्यमा दक्षिण अफ्रिका विरुद्ध आफ्नो १०० औं टेस्ट खेल्ने तयारी गरेका छन् । तर भारत र इङ्ल्यान्ड बिरुद्ध उनको खराब प्रदर्शन रहेका कारण यी दुई देशको भ्रमण टोलीमा उनलाई समावेश गर्ने बिषयमा प्रश्नहरु उठिरहेको छ ।

टिप्पणी लेख्नुहोस्