वार्नरले जुत्तामा लेखाए श्रीमती र छोरीको नाम
काठमाडौंँ । दिल्ली क्यापिटल्सका कप्तान डेभिड वार्नर आफ्नो विभिन्न गतिविधिका कारण चर्चामा रहन्छन् । ३६ वर्षीय अष्ट्रेलियन ब्याट्सम्यानले यसपटक जुत्तामा श्रीमती र छोरीको नाम लेखाएका छन् । दिल्ली–लखनउको खेलपछि उनको जुत्ताको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो ।
फोटोमा वार्नरका तीन छोरी आइभी, इन्डी र इस्लाको नाम पछाडिको भागमा लेखिएको छ भने छेउमा क्यान्डी (पत्नी)को नाम लेखिएको छ।
वार्नर प्राय सामाजिक सञ्जालमै ब्यस्त हुन्छन्। उनले आफ्नो छोरीहरु नाच्दै रमाइलो गरेको फोटो र भिडियो शेयर गर्छन्। उनलाई भारतीय फिल्मप्रति धेरै लगाव छ । कहिले बलिउड फिल्मका गीतमा डान्स गर्दै त कहिले संवाद बोल्दै भिडियो शेयर गरिरहन्छन् ।

टिप्पणी लेख्नुहोस्