विमान दुर्घटनाबाट जोगिए ओलम्पिक च्याम्पियन रुदिशा
काठमाडौं । केन्याका लागि लगातार दुई ओलम्पिक स्वर्ण पदक जित्ने मध्यम दूरीका धावक डेभिड रुदिशा विमान दुर्घटनाबाट जोगिएका छन् । उनको विमान मैदानमा खसेर दुर्घटना भएको थियो।
३३ वर्षीय पूर्व केन्याली खेलाडीले उक्त दुर्घटनालाई भयानक बताएका छन । रुदिशाले लण्डन–२०१२ र रियो–२०१६ ओलम्पिकमा एथलेटिक्सको ४०० मिटर दौडमा स्वर्ण पदक जितेका थिए ।
एक रिपोर्ट अनुसार रुदिशासहित अन्य पाँच जना सवार विमान शनिबार दक्षिणपूर्वी केन्याको काजियाडो काउन्टीमा दुर्घटनाग्रस्त भएको थियो। सबै जना किमाना वाइल्ड लाइफमा आयोजना गरिएको वार्षिक मसाई कार्यक्रममा सहभागी भएर फर्किरहेका थिए ।
दुर्घटनापछि रुदिशाले डेली नेशनलाई भने, "उडानको ७–८ मिनेटसम्म सबै ठीकठाक थियो । अचानक विमानको इन्जिन बन्द भयो । यस्तो अवस्थामा पाइलटले खाली ठाउँ देखे । जहाँ विमान अवतरण गर्न सकिन्थ्यो तर विमानको एउटा फ्यान रुखमा ठोक्किएर विमान जमिनमा नै घुम्न थाल्यो तर पाइलटले अविश्वसनीय काम गरे ।"
प्राप्त जानकारी अनुसार रुदिशालाई विमान दुर्घटनामा कुनै चोटपटक लागेको छैन । एक अर्का यात्रुलाई करङमा चोट लागेर अस्पताल भर्ना गरिएको छ ।
रुदिशा ३ वर्षअघि कार दुर्घटनाबाट जोगिएका थिए । २०१९ अगस्टमा नैरोबी-किसुमु राजमार्गमा टायर फुटेपछि उनको एसयूभी कार बससँग ठोक्किएको थियो।

टिप्पणी लेख्नुहोस्