लेख विवरण

विम्बलडनः एलीज कर्नेटले रोकिन् इगा स्विएटेकको अपराजित यात्रा

विम्बलडनः एलीज कर्नेटले रोकिन् इगा स्विएटेकको अपराजित यात्रा

लण्डन । पोल्याण्डकी स्टार महिला टेनिस खेलाडी तथा विश्व नम्बर एक इगा स्विएटेक विम्बलडन २०२२ को तेस्रो चरणमा पराजित भएर बाहिरिएकी छिन्।

शनिवार खेलिएको तेस्रो चरणको खेलमा फ्रान्सकी एलीज कर्नेटले स्विएटेकलाई सीधा सेटमा पराजित गरिन्। पराजयसँगै उनको ३७ खेलबाट चल्दै आईरहेको अपराजित यात्रा पनि समाप्त भएको छ।

कर्नेटले स्विएटेकलाई ६ ४, ६ २ ले पराजित गरिन्। जितसँगै ३२ वर्षीय कर्नेट २०१४ पछि पहिलो पटक विम्बलडनको १६औं राउण्डमा प्रवेश गरेकी छिन। जितपछि कर्नेटले भनिन्, ‘इगा विरूद्ध यो खेल जित्नु मेरो निम्ति धेरै गर्वको कुरा हो। उनले यो बर्ष जे गरेकी छन्, त्यो निकै शानदार छ र मलाई विश्वास भईरहेको छैन कि म त्यही हुँ जसले वास्तवमा इगाको विजय यात्रालाई रोकेको छ। यो आश्चर्यजनक छ’।

अर्को खेलमा पेट्रा मार्टिकले जेसिका पेगुलालाई ६ २, ७ ६ (५) ले पराजित गरिन्। मार्टिककको यो साता एक वरीयता प्राप्त खेलाड़ीमाथि दोस्रो जित थियो। उनले पहिलो चरणमा नम्बर ३० औं वरीयतामा रहेकी शेल्बी रोजर्सलाई पराजित गरेकी थिइन्। राउण्ड अफ १६ मा मार्टिकको सामना १७औं वरियताकी कजाकिस्तान खेलाडी एलेना रयबकिनासित हुनेछ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.