लेख विवरण

विम्बल्डनले रुसी र बेलारूसका खेलाडीमाथी प्रतिबन्ध लगाएपछि, जोकोभिचले भने ‘यो पागलपन हो’

विम्बल्डनले रुसी र बेलारूसका खेलाडीमाथी प्रतिबन्ध लगाएपछि, जोकोभिचले भने ‘यो पागलपन हो’

लन्डन । विश्व नम्बर एक टेनीस खेलाडी नोभाक जोकोभिचले रुस र बेलारुसका खेलाडीलाई विम्बल्डनमा प्रतिबन्ध लगाउने निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन् । युक्रेनमा रुसी आक्रमणपछि यो निर्णय गरिएको हो । जोकोभिचले उक्त निर्णयलाई ‘पागलपन’ भनेका छन् ।

विम्बल्डनले बुधबार रुस र बेलारुसका खेलाडीलाई ग्राण्डस्लाममा भाग लिन प्रतिबन्ध लगाएको छ ।

ग्रासकोर्ट ग्रान्ड स्लाम यी दुई देशलाई प्रतिबन्ध लगाउने पहिलो टेनिस प्रतियोगिता हो। जसमा विश्व नम्बर दुई रुसी खेलाडी ड्यानिल मेदभेदेव र बेलारुसको चौथो नम्बरका खेलाडी अर्नाया साबालेन्काले जुन २७ बाट सुरु हुने यस प्रतियोगितामा भाग लिन पाउने छैनन् ।

युद्धग्रस्त सर्बियामा हुर्केका जोकोभिचले अहिलेको विवादसँग खेलाडीको कुनै सरोकार नभएको बताए ।

बेलग्रेडमा भएको एटिपी २५० प्रतियोगिता सर्बिया ओपनमा जोकोभिचले भने, ‘मैले सधैं युद्धको विरोध गरेको छु । म युद्धलाई कहिल्यै समर्थन गर्दिन। मेरो बाल्यकाल युद्धमा बित्यो ।'

उनले भने, युद्धले भावनात्मक रुपमा धेरै पीडा दिएर जान्छ । सर्बियामा के भयो हामीलाई थाहा छ १९९९ मा के भयो। बाल्यकालका समयमा धेरै युद्धहरू भएका छन्।

यद्यपि, म विम्बल्डन निर्णयमा समर्थन गर्न सक्दिन। मलाई लाग्छ यो पागलपन हो। राजनीतिले खेलमा हस्तक्षेप गर्दा नतिजा राम्रो हुँदैन ।'

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.