विम्बल्डन : जोकोभिच अन्तिम आठमा
काठमाडौं । साबिक विजेता नोभाक जोकोभिच सातौँ विम्बल्डन जित्ने योजना साकार बनाउन क्वाटरफाइनल प्रवेश गरेका छन् । चौथो सेटमा डच खेलाडी टिम भान रिजथोभेनलाई ३-१ ले हराउदै जोकोभिच अन्तिम आठमा प्रवेश गरेका हुन् ।
सेन्ट्रल कोर्टमा पहिलो सेट ६-२ ले जितेका जोकोभिचले दोस्रो सेट ४-६ ले गुमाएका थिए । तेस्रो र चौथो सेट भने क्रमश जोकोभिचले १०४औं वरियताका भानबिरुद्द ६-१ र ६-२ ले जिते ।
अब २० पटक ठूला उपाधि जितिसकेका ३५ वर्षिय जोकोभिचले सेमिफाइनल प्रवेशका लागि इटालीयम जानिक सिनेरको सामना गर्नेछन् ।
१०औँ वरियताका सिनेरले स्पेनिस खेलाडी कार्लोस अल्कारेजलाई ६-१, ६-४, ६-७९, ८-१००, ६-३ ले पराजित गरे ।
जोकोभिच १३औं पटक बिम्बल्डनको क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।

टिप्पणी लेख्नुहोस्