विराटनगरको कप्तानी आन्द्रेले गर्ने
काठमाडौं । नेपाल टि–२० क्रिकेट लिगमा फ्रेन्चाईज टोली विराटनगर सुपर किङ्सको कप्तानी आन्द्रे म्याकार्थीले गर्ने भएका छन् ।
विराटनगरले बुधबार पत्रकार सम्मेलन गर्दै वेस्ट इण्डिजका ब्याट्सम्यान म्याकार्थीले विराटनगर सुपर किङ्सको कप्तानी गर्ने जनाएको हो ।
विराटनगरले म्याकार्थीको कप्तानीमा १७ सदस्सीय टिम समेत घोषणा भएको छ ।
विराटनगरले प्रतियोगिताका लागि जर्सी समेत सार्वजनिक गरेको छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ । यो लिगको पहिलो संस्करणमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।
कीर्तिपुरस्थित टियू मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म हुने छ ।

टिप्पणी लेख्नुहोस्