लेख विवरण

विराटनगरमा कराँते प्रतियोगिता सुरु, भारत, भुटान र नेपालका टोलीको सहभागिता

विराटनगरमा कराँते प्रतियोगिता सुरु, भारत, भुटान र नेपालका टोलीको सहभागिता

विराटनगर । विराटनगरमा खुल्ला कराँतै प्रतियोगिता सुरु भएको छ । विराटनगरस्थित कभड हलमा शुक्रबारदेखि खुल्ला कराँते प्रतियोगिता सुरू भएको हो ।

शनिबारसम्म संचालन हुने प्रतियोगितामा नेपाल, भारत र भुटानका खेलाडीहरुको सहभागित छ । भारतका तीन, भुटानको एक र नेपालको ५ गरी ९ टिमको सहभागिता छ । भारतका कोलकत्ता, दार्जिलिङ्ग र खर्साङको सहभागि रहेको विराट कराते क्लबका अध्यक्ष विमल पोखरेलले जानकारी गराए । प्रतियोगितामा कोशी प्रदेशबाट सुनसरी, मोरङ, झापा, तेह्रथुम र आयोजक हुनेछ । यस्तै मधेश प्रदेशको सप्तरीको टिमको सहभागि छ ।

पाँच लाख ४५ हजार खर्च हुने उक्त प्रतियोगितामा करिब २ सय बढी खेलाडीहरुको सहभागि रहेको उनले बताए । प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ काश्य पदक प्रतिस्पर्धमा १९ तौल समूहमा खेलहरु भइरहेको छ ।

उक्त प्रतियोगिताको उदघाटन प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिब हंशराज वाग्ले गरे । उनले खेलकुद क्षेत्रको विकामा सबै लाग्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले खेलकुद क्षेत्रमा प्रयाप्त मात्रमा बजेट बिनायोजन गुर्नपर्ने बताए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.