लेख विवरण

विराटनगरमा पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता हुने

विराटनगरमा पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता हुने

काठमाडौं । राष्ट्रिय खेलकुद महासंघ अन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनमा १२औं संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय वरीयतामा ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा हुने भएको छ ।

फागुण २ देखि ७ गते सम्म आयोजना हुने प्रतियोगिताको सहआयोजकमा मोरङ्ग जिल्ला ब्याडमिन्टन संघ रहेको छ । मुख्य प्रायोजकमा ब्याडमिन्टन खेल सामाग्री उत्पादन संस्था लिनिङ्ग रहेको छ ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा शीर्ष १६ वरीइतामा रहका खेलाडीले पुरुष एकल, महिला एकल तथा वरीयता बाहिर रहेका खेलाडीले पुरुष एकल, महिला एकल, पुरुष र महिला युगल, यू–१७ छात्र र छात्रा एकल, भेट्रान ४५ वर्षमाथि र ५५ वर्षमाथि गरी १० विधामा प्रतिस्पर्धा हुनेछ ।

जसमा तीन सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । करिव २४ लाख ८४ हजार रुपियाँ लागतमा सञ्चालन हुने प्रतियोगिताको पुरस्कार राशी पाँच लाख ९८ हजार रुपियाँ रहेको आयोजकले जनाएको छ । सवै विधामा विजेतालाई अकर्षक नगद पुरस्कार प्रदान गरिने बताईएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.