विराटनगरमा बण्टी स्मृति फुटबल प्रतियोगिता सुरू
रङ्गेली । मोरङको विराटनगरमा बण्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल प्रतियोगिता आजदेखि सुरू भएको छ । विराटनगरको सहिद रङ्गशालामा सुरु भएको उक्त प्रतियोगिताको विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले उद्घाटन गरिन ।
उद्घाटन खेल दमक लखनपुर भेट्रान क्लब र एभरेष्ट भेट्रान क्लबबीच भएको थियो । उक्त खेलमा दमक भेट्रान क्लब टाइवेकरमा ४–२ गोलअन्तरले विजयी भयो । खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
प्रतियोगितामा १० टोलीको सहभागिता छ । प्रतियोगिता विजेताले रु एक लाख २५ हजार र उपविजेताले रु ७५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक समितिका सचिव रोहित कोइरालाले जानकारी दिए ।

टिप्पणी लेख्नुहोस्