लेख विवरण

विवादास्पद ह्यान्ड अफ गड गोलको समयमा म्याराडोनाले लगाएको जर्सी ७.१ मिलियन पाउण्डमा लिलामी

विवादास्पद ह्यान्ड अफ गड गोलको समयमा म्याराडोनाले लगाएको जर्सी ७.१ मिलियन पाउण्डमा लिलामी

काठमाडौं । अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाको विवादास्पद ह्यान्ड अफ गड गोलको समयमा लगाएको फुटबल जर्सी लन्डनमा ७.१ मिलियन पाउण्डमा लिलामी भएको छ । योसँगै उक्त जर्सीले लिलामीमा नयाँ कीर्तिमान पनि कायम गरेको छ । एक खेलमा कुनैपनि खेलाडीले लगाएको जर्सीको यो सबैभन्दा धेरै मूल्य हो। यसअघि सन् २०१९ मा बेबे रुथको यांकीज रोड जर्सी ५.६४ मिलियन अमेरिकी डलरमा बिक्री भएको थियो।

सन् १९८६ जुन २२ मा अर्जेन्टिनाका २५ वर्षीय म्याराडोनाले फिफा विश्वकपमा इङ्ल्यान्डविरुद्धको क्वार्टरफाइनलमा इतिहास रचेका थिए । उक्त खेलमा म्याराडोनाले दुई विवादास्पद गोल गरेका थिए। उनको त्यही गोलमा अर्जेन्टिनाले विश्व कप जितेको थियो ।

यो ऐतिहासिक जर्सीले फुटबलको इतिहासमा मात्रै होइन, २० औं शताब्दीको इतिहासमा पनि ऐतिहासिक क्षणको सम्झना गर्छ, सोथेबीका स्ट्रीटवेयर र आधुनिक कलेक्टेबलका प्रमुख ब्रह्म वाच्टरले भने। यो लिलामीमा आउने सबैभन्दा प्रतिष्ठित फुटबल जर्सी हो। खेलमा लगाउने जर्सीमध्ये यो सबैभन्दा महँगो जर्सी हो।

यो जर्सी इङ्ल्यान्डका मिडफिल्डर स्टिभ होजले सङ्कलन गरेर राखेका थिए । उनले खेलको क्रममा अनजानमा म्याराडोनालाई बल पास गरेका थिए।म्याराडोनाले उनको पासमा गोल गर्दै टोलीलाई जित दिलाए र खेल सकिएपछि स्टिभसँग जर्सी फेरे । म्याराडोनाले आफ्नो आत्मकथा ‘टच्ड बाई गॉड’ मा यो कुरा बताएका छन् ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.