लेख विवरण

विश्वकपबाट बाहिरिएपछि रोनाल्डो पुगे क्लब रियल मड्रिडमा

विश्वकपबाट बाहिरिएपछि रोनाल्डो पुगे क्लब रियल मड्रिडमा

काठमाडौं । पोर्चुगल फिफा विश्वकपबाट बाहिरिएपछि स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो आफ्नो पुरानो क्लब रियल मड्रिड पुगेका छन् । तर, उनी रियल म्याड्रिडको टोलीसँग जोडिएका छैनन् । रोनाल्डो अहिले कुनै पनि क्लबमा आवद्ध छैनन् ।

म्यानचेस्टर युनाइटेडसँगको उनको सम्झौता सकिएको छ र उनी नयाँ क्लबको खोजीमा छन् । उनी विश्वकपपछि आफूलाई फिट राख्न रियल मड्रिडको प्रशिक्षण मैदानमा अभ्यास गरिरहेका छन् ।

रोनाल्डो आफ्नो पुरानो टोलीका खेलाडीहरूबाट टाढा रहेर फरक प्रशिक्षण मैदानमा अभ्यास गरिरहेका छन। उनी हालै आपसी सहमतिमा म्यानचेस्टर युनाइटेड क्लबबाट अलग भएका थिए । उनले एक अन्तर्वार्तामा म्यानचेस्टर युनाइटेड क्लब र प्रशिक्षक एर्ट टेन हेगको आलोचना गरेका थिए।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.