लेख विवरण

विश्वकपमा खेलअघि राष्ट्रिय गीत नगाएपछि इरानको सरकारी टिभीद्धारा खेलाडीहरूको लाइनअप फुटेज सेन्सर

विश्वकपमा खेलअघि राष्ट्रिय गीत नगाएपछि इरानको सरकारी टिभीद्धारा खेलाडीहरूको लाइनअप फुटेज सेन्सर

काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत सोमबार इंग्ल्याण्ड र इरानको टोली खलिफा इन्टरनेशनल स्टेडियममा आमुनेसामुने भएका थिए । तर त्यो खेल भन्दा पहिले कहिल्यै नदेखिने खालको कुरा देखिएको थियो । खेलअघि राष्ट्रिय गान बजाउँदा इरानका खेलाडीहरुले मौन धारण गरेका थिए । टोलीका खेलाडीले राष्ट्रिय गान गाएनन् ।

कुनै पनि खेल सुरुहुनु अघि दुवै पक्षका टोली मैदानमा एकसाथ लाइनमा बस्छन् र त्यसपछि दुवै टोलीको राष्ट्रिय गान एक एक गरी बजाइन्छ। तर इरानको राष्ट्रिय गान बज्दा टोलीका खेलाडीहरु चुपचाप भए । यस क्रममा स्ट्यान्डमा रहेका इरानका फ्यानहरूले आफ्नो टोलीका खेलाडीहरूको कार्यप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

दुई महिनाअघि इरानमा एक युवतीको प्रहरी हिरासतमा मृत्यु भएपछि त्यसयता देशभर आन्दोलन भइरहेको छ । इरानको सरकारी टिभीले यस खेलको प्रत्यक्ष प्रसारणको क्रममा खेलाडीहरूको लाइनअपको फुटेज सेन्सर गरेको थियो। अर्थात टोलीले घरेलु समर्थन पाएको थिएन।

देशको फुटबल टोली इरानका लागि गौरवको विषय रहेको छ । विश्वकपअघि देखी नै इरानले यती ठूलो फुटबल प्रतियोगिताको क्रममा आफ्ना टोलीका खेलाडीहरूले आन्दोलनकारीलाई समर्थन जनाउन कि जनाउदैन भन्नेमा केद्रित रहेको थियो । तर, खेलअघि कप्तान एहसान हजसाफीले आफू आन्दोलनकारीको साथमा रहेको स्पष्ट पारेका थिए । उनले ‘हामी आन्दोलनकारीहरुको साथमा छौँ । हामी उनीहरूलाई समर्थन गर्छौं। हामी उनीहरूप्रति सहानुभूति राख्छौं।ू भन्ने कुरा बताएका थिए । त्यसकारण इरानको सरकारी टिभीले यस खेलको प्रत्यक्ष प्रसारणको क्रममा खेलाडीहरूको लाइनअपको फुटेज सेन्सर गरेको थियो।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.