लेख विवरण

विश्वकपमा हारपछि स्पेनका प्रशिक्षक लुइस एनरिकले दिए राजीनामा

विश्वकपमा हारपछि स्पेनका प्रशिक्षक लुइस एनरिकले दिए राजीनामा

काठमाडौं । स्पेनिस फुटबल महासंघले बिहीबार लुइस एनरिकेलाई पुरुष टोलीको प्रशिक्षकबाट हटाएको छ । उनको स्थानमा लुइस डे ला फुएन्टेलाई यो जिम्मेवारी दिइएको छ। कतारमा जारी विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा स्पेनिस टोली मोरक्कोसँग पराजित भएको थियो ।

एनरिकेलाई हटाउने निर्णय विश्वकपकमा हारको दुई दिनपछि लिइएको थियो। खेलकुद निकायको सिफारिसमा प्रशिक्षक हेरफेर गरिएको स्पेनिस फुटबल महासंघले जनाएको छ । एनरिकले सन् २०१८ मा स्पेन राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकका रूपमा पदभार ग्रहण गरेका थिए । रसियामा भएको विश्वकपको राउन्ड १६ बाट बाहिरिएपछि उनले टोलीको पुनर्संरचना सुरु गरेका थिए। उनी पारिवारिक कारणले केही समय टिम भन्दा बाहिर रहेपनि सन् २०१९ मा पुनरागमन गरेका थिए ।

जारी विश्वकप फुटबलको प्रि-क्वाटरफाइनलमा स्पेन पेनाल्टी सुटआउटमा मोरक्कोसँग ३–० ले पराजित भएको थियो । यो राउण्डमा स्पेन लगातार दोस्रो पटक पेनाल्टी सुटआउटमा पराजित भएको हो । टोली पछिल्लो पटक सन् २०१८ मा प्रि-क्वार्टरफाइनलमा आयोजक रुससँग पराजित भएको थियो ।

नवनियुक्त प्रशिक्षक फुएन्टेले स्पेनको अन्डर-१९ टोलीलाई सन् २०१५ मा युरोपियन च्याम्पियनसिप जिताउन मद्दत गरेका थिए। उनले यूरो २०१९ मा अण्डर–२१ टोलीलाई पनि जित दिलाएका थिए। उनी टोकियो ओलम्पिकमा रजत पदक जित्ने स्पेनिस टोलीका प्रशिक्षक पनि हुन। उनले एक पटक सिनियर टोलीको प्रशिक्षक पनि भएका थिए ।

स्पेन फिफा विश्वकपको इतिहासमा पेनाल्टी सुटआउटमा गोल नगर्ने दोस्रो टोली बनेको छ । यसअघि सन् २००६ मा स्विजरल्याण्डको टोलीले युक्रेनविरुद्धको पेनाल्टी सुटआउटमा एक गोल पनि गर्न सकेको थिएन ।

स्पेन विश्वकप इतिहासमा चार पेनाल्टी सुटआउटमा सबैभन्दा धेरै हार्ने देश बनेको छ । अर्जेन्टिना र जर्मनीले सर्वाधिक चार–चार पेनाल्टी सुटआउट जितेका छन् ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.