लेख विवरण

विश्वकप क्रिकेट लिग २ : नेपाललाई १८० रनको लक्ष्य

विश्वकप क्रिकेट लिग २ : नेपाललाई १८० रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शुक्रबार (आज) भएको खेलमा पपुवा न्यूगिनी (पीएनजी)ले नेपाललाई १८० रनको लक्ष्य दिएको छ ।

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको पीएनजी चार बल बाँकी रहँदा नै अलआउट हुँदै १७९ रन जोडेको हो । 

पीएनजीका टोनी उराले सर्वाधिक ३९, हिरी हिरीले ३१ रन जोड्दा  जोड्दा किप्लिन डोरिगा २६ रनमा पभेलियन फर्किएका थिए । गउडी टोकाले १५ रन बनाएर बोल्ड आउट हुँदा नोर्मान भानुवाले १४ रन बनाए । कप्तान आसाद भाला र सेसे बाउले समान ११ रनको योगदान गरे ।

नेपालका सोमपाल कामीले २, दीपेन्द्रसिंह ऐरीले २, र सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले समान एक एक विकेट लिए ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.