लेख विवरण

विश्वकप छनोटका लागि प्रारम्भिक टोली घोषणा

विश्वकप छनोटका लागि प्रारम्भिक टोली घोषणा

काठमाडौं । जिम्बावेमा आगामी महिना आयोजना हुने विश्वकप छनोटका लागि नेपालले २२ सदस्यीय प्रारम्भिक टीमको घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुन १८ देखि १९ जुलाई सम्म हुने छनोट प्रतियोगितामा सहभागि हुने खेलाडिको प्रारम्भिक छनोट लिष्ट सार्वजनिक गरेको हो ।

छनोट खेलमा नेपालसहित ८ टीमको सहभागिता रहने छ । गत चैतमा सम्पन्न लिग २ शृङ्खलाको शीर्ष तीनमा अटाउँदै नेपालले सोझै विश्वकप छनोटमा स्थान बनाएको हो ।
विश्वकप छनोट अघि नेपालले दक्षिण अफ्रिकामा अभ्यास खेल खेल्ने छ । र त्याहाको प्रशिक्षण पछि नेपाली टिम स्वदेश फिर्ता नभई सिधै जिम्बावे जानेछ ।

नेपालको २२ सदस्य टोली : कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरि, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सुर्य तामाङ, कमल सिंह ऐरी, श्याम ढकाल र अविनास बोहोरा ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.