विश्वकप छनोटमा नेपाल समुह 'ए' मा
काठमाडौँ । आगामी जुन १८ देखि जुलाई ९ सम्म जिम्बाबेमा हुने विश्वकप क्वालिफायर खेलको समुह विभाजन गरिएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले प्रतियोगितामा सहभागिता जनाउने १० टोलीलाई दुई समुहमा विभाजन गरेको हो ।
प्रतियोगितामा नेपाल आयोजक जिम्बाबेसंगै समुह ए मा परेको छ । नेपालको समुहमा जिम्बाबेसहित नेदरल्याण्डस, अमेरिका र वेस्टइण्डिज परेका छन् ।
त्यसैगरी समुह बि मा आयरल्याण्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युएई परेका छन् ।
विश्वकप क्वालिफायरका समुह ए का खेलहरु हरारेमा र समुह बि का खेलहरु बुलावायोमा हुने आईसीसीले जनाएको छ ।
दुई समुहबाट शिर्ष ३–३ टिम सुपर सिक्सका लागि छनौट हुने छन् भने सुपर सिक्सबाट शिर्ष २ टोली विश्वकपको अन्तिम चरणका लागि छनौट हुनेछ ।

टिप्पणी लेख्नुहोस्