विश्वकप छनोट ए : पहिलो खेलमा नेपाल र ओमान भिडने
काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट ए को पहिलो खेलमा नेपालले आयोजक ओमानको सामना गर्नेछ । फेब्रुवरी १८ देखि ओमानमा सुरुहुने प्रतियोगितामा नेपालसँगै आयोजक ओमान बहराइन, क्यानडा, जर्मनी, आयरल्याण्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । गत वर्ष युएईमा सम्पन्न टी २० विश्वकपको पहिलो चरणको खेलबाट बाहिरिएपछि आयरल्यान्ड र ओमान यस प्रतियोगिताका लागि छनोट भएका थिए। नेपाल र युएईले आइसिसी टी–२० वरियताको आधारमा यस प्रतियोगितामा स्थान बनाएका हुन ।
अन्य सहभागी टोलीहरुले गत वर्ष आयोजना भएको क्षेत्रीय छनोट प्रतियोगिताहरु मार्फत स्थान बनाएका छन । प्रतियोगिता सहभागि टोलीहरुलाई २ समुहमा विभाजन गरिएको छ । प्रत्येक टोलीले आफ्नो समूहका हरेक टोलीसँग एक एक खेल खेल्नेछ। यसपछि दुवै समूहका दुई टोली सेमिफाइनलमा जानेछन्। फाइनल पुग्ने दुई टोली यही वर्षको अन्तमा अष्ट्रेलियामा आयोजना हुने आइसिसी टी–२० विश्वकप खेल्नेछ । विश्वकप छनोट ए को समुह ए मा क्यानडा, नेपाल, ओमान र फिलिपिन्स रहेका छन् भने समुह बी मा बहराइन, जर्मनी, आयरल्यान्ड र युएई रहेका छन् ।

टिप्पणी लेख्नुहोस्