विश्वकप छनोट प्लेअफ : नामिबियालाई २ सय ६८ रनको लक्ष्य
काठमाडौैँं । आईसीसी विश्वकप छनोट प्लेअफको ११ औं खेलमा युएईले आयोजक नामिबियालाई २ सय ६८ रनको लक्ष्य दिएको छ । विन्डहोकमा टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरको खेलमा ५ विकेट गुमाएर २ सय ६७ रन बनायो । टोलीका लागि आसिफ खानले सर्वाधिक ९६ रनको योगदान दिए । ८६ बलको सामना गर्ने क्रममा उनले ६ चौंका र ५ छक्का प्रहार गरे । विकेट–किपर वृत्य अरविन्दले पनि ९३ रन बनाए । १ सय १८ बलको सामना गर्ने क्रममा वृत्यले ७ चौंका र १ छक्का प्रहार गरे । ओपनरद्धय आर्यन लाक्रा र मुहम्मद वसीमले क्रमश २४ र २३ रन बनाएर आउट भए । रोहन मुस्तफा (१६) र रमीज शहजाद ४ रन बनाएर आउट हुँदा संचित शर्मा ३ रनमा अविजित रहे । नामिबियाका लागि बलिङमा बर्नार्ड शोल्ट्ज़, कार्ल बिरकेनस्टॉक, पिक्की या फ्रान्स र गेर्हार्ड इरास्मसले समान १–१ विकेट लिए ।
नामिबियामा जारी प्रतियोगिताको शिर्ष २ मा पर्ने टोलीले नेपाल, ओमान, स्कटल्याण्ड लगायत अन्य ६ टोलीसँग एकदिवसीय विश्वकप क्रिकेट छनोट खेल खेल्नेछ । प्रतियोगितामा आयोजक नामिबिया, युएसए, युएई, क्यानडा, जर्सी र पिएनजीको सहभागिता रहेको छ ।

टिप्पणी लेख्नुहोस्