विश्वकप छनोट प्लेअफ : युएसएले पिएनजीलाई दियो २ सय ३६ रनको लक्ष्य
काठमाडौंँ । आईसीसी विश्वकप छनोट प्लेअफको १० औं खेलमा युएसएले पिएनजीलाई २ सय ३६ रनको लक्ष्य लिएको छ । विन्डहोकमा टस जितेर ब्याटिङ गरेको युएसएले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाएर २ सय ३५ रन बनायो । टोलीका लागि ओपनर स्टीवन टेलरले सर्वाधिक अर्धसतक प्रहार गरे । असद वालाको बलमा एलबीडब्लु हुनअघि उनले १ सय ३३ बलमा ६ चौंका र १ छक्काको मद्दतले ८१ रन बनाए । पाचौं नम्बरमा ब्याटिङ गर्न आएका आरोन जोन्सले पनि अर्धसतक प्रहार गरे । रिले हेकुरेको बलमा बोल्ड आउट हुनअघि उनले ७७ बलमा २ चौंका र ३ छक्काको मद्दतमा ६५ रन बनाए । युएसएका जेसी सिंह (२२), कप्तान मोनांक पटेल (१७), गजानन्द सिंह (१७), सुशान्त मोदनी (१०) रन बनाएर आउट भए । साइतेजा मुक्कामल्लाले ३ रन बनाउदा नोस्तुश केनजिगी (२) र निसराग पटेल (५) रनमा अविजित रहे ।
पिएनजीका लागि बलिङमा सेमो कमियाले सर्वाधिक ३ विकेट लिए । असद वालाले २ विकेट लिँदा रिले हेकुरेले १ विकेट लिए ।
नामिबियामा जारी प्रतियोगिताको शिर्ष २ मा पर्ने टोलीले नेपाल, ओमान, स्कटल्याण्ड लगायत अन्य ६ टोलीसँग एकदिवसीय विश्वकप क्रिकेट छनोट खेल खेल्नेछ । प्रतियोगितामा आयोजक नामिबिया, युएसए, युएई, क्यानडा, जर्सी र पिएनजीको सहभागिता रहेको छ ।

टिप्पणी लेख्नुहोस्