विश्वकप छनोट २०२३ : वेस्ट इन्डिजको टोली घोषणा, ३४ वर्षीय खेलाडीले पाए मौका
काठमाडौंँ । वेस्ट इन्डिजले जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको लागि आफ्नो टोली घोषणा गरेको छ । शाई होपको कप्तानीमा टोली मैदान उत्रनेछ । वेस्ट इन्डिजका चयनकर्ताहरूले यस पटक ३४ वर्षीय जोनसन चार्ल्सलाई पनि मौका दिएको छ। चार्ल्स एक अनुभवी खेलाडी हुन् । उनी विकेटकिपर ब्याट्सम्यान पनि हुन् ।
वेस्ट इन्डिजले रोभम्यान पावेललाई विश्वकप २०२३ छनोट टोलीको उपकप्तान बनाएको छ । टोलीले अनुभवी खेलाडी जेसन होल्डरलाई पनि मौका दिएको छ । उनीहरुसँगै रोस्टन जेस, अकिल हुसेन, अल्जारी जोसेफ, ब्रान्डन किङ र काइल मेयर्स पनि टोलीमा छन् । मेयर्सले आईपीएल २०२३ मा राम्रो प्रदर्शन गरेका थिए । उनी लखनऊ सुपर जायन्ट्स टोलीका सदस्य थिए ।
वेस्ट इन्डिजले गुडाकेश मोतीको स्थानमा चार्ल्सलाई मौका दिएको छ । उनी अनुभवी खेलाडी हुन् । चार्ल्सले अहिलेसम्म ५० ओडीआई खेलिसकेका छन् । यस अवधिमा उनले १ हजार ३ सय ७० रन बनाएका छन् । चार्ल्सले यस फर्म्याटमा २ शतक र ५ अर्धशतक बनाएका छन् । एकदिवसीयमा उनको उत्कृष्ट स्कोर १३० रन हो । उनले ४१ टी–२० अन्तर्राष्ट्रिय खेल पनि खेलेका छन् । यस अवधिमा ९ सय ७१ रन बनाउदै एक शतक र ४ अर्धशतक बनाएका छन् ।
विश्वकप छनोट २०२३ जुन १८ बाट सुरु हुदैछ । प्रतियोगिताको पहिलो खेल नेपाल र जिम्बाब्वेबीच हरारेमा हुनेछ । वेस्ट इन्डिजको पहिलो खेल अमेरिकासँग हुनेछ । यो खेल पनि हरारेमा हुनेछ ।
वेस्ट इन्डिजको टोली : शाई होप (कप्तान), रोभम्यान पावेल (उप–कप्तान), शामरह ब्रुक्स, यानिक कारिया, केसी कार्टी, रोस्टन चेस, जोन्सन चार्ल्स, जेसन होल्डर, अकिल हुसेन, अल्जारी जोसेफ, ब्रान्डन किङ, काइल मेयर्स, कीमो पल, निकोलस पूरन र रोमारियो शेफर्ड ।
🚨 BREAKING NEWS🚨
— Windies Cricket (@windiescricket) June 8, 2023
Johnson Charles has been named as the replacement for Gudakesh Motie in the 15-member squad for the ICC Men’s Cricket World Cup Qualifier tournament.
Read More⬇️ https://t.co/Yhj44fREYf

टिप्पणी लेख्नुहोस्