लेख विवरण

विश्वकप फुटबलको उद्घाटन खेल डेनिलीले सञ्चालन गर्ने

विश्वकप फुटबलको उद्घाटन खेल डेनिलीले सञ्चालन गर्ने

दोहा । इटालीका रेफ्री डेनिली ओर्साटोले विश्वकप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत हुने उद्घाटन खेल सञ्चालन गर्ने भएका छन। आयोजक कतार र इक्वेडरबीच पहिलो खेल हुँदैछ। फिफाले युरोपका सबैभन्दा अनुभवी रेफ्री भएकाले ओर्साटोलाई पहिलो खेल खेलाउने जिम्मेवारी दिइएको जानकारी दिएको छ। ओर्साटो दुई दिनअघि मात्र ४७ वर्ष लागेका हुन ।

सन् २०१६ सम्म फिफाको नियममा अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्ने रेफ्रीको उमेर हद ४५ वर्ष तोकिएको थियो। ओर्साटो आधुनिक फुटबलमा सबैभन्दा प्रतिष्ठित रेफ्री हुन। उनले पछिल्ला विश्वकपका पाँचमध्ये दुई फाइनल खेलाएका छन्। पछिल्लो विश्वकपमा उनी भिडियो रिभ्यु अफिसियल थिए। सन् २०२० च्याम्पियन्स लिगको फाइनल पनि ओर्साटोले नै खेलाएका थिए। गत वर्ष सम्पन्न युरो च्याम्पियनसिपमा पनि उनी तीन खेलमा संलग्न थिए। युरो च्याम्पियनसिप उनकै देश इटालीले जितेको हो।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.