लेख विवरण

विश्वकप फुटबल : मोरक्को समूह विजेता र क्रोएसिया उपविजेता हुँदै नकआउट चरणमा

विश्वकप फुटबल : मोरक्को समूह विजेता र क्रोएसिया उपविजेता हुँदै नकआउट चरणमा

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत समूह 'एच' को छिनोफानो भएको छ। भर्खरै सम्पन्न खेलमा क्रोएसियासँग गालरहित बराबरी खेलेसँगै दाबेदार मानिएको बेल्जियम समूह चरणबाटै बाहिरिएको छ।

यो समूहबाट मोरक्को अप्रत्यासित रुपमा समूह विजेता बन्दै नकआउट चरणमा गएको छ। क्यानडालाई २-१ गोल अन्तरले हराउँदै मोरक्को ७ अंकसहित समूह विजेता बनेको हो।

बेल्जियमलाई बराबरीमा रोकेको क्रोएसिया ५ अंकसकित उपविजेता हुँदै नकआउट चरणमा गएको छ।

समूह 'एफ' को अन्तिम खेलमा मोरक्कोले क्यानडामाथि २३ मिनेटमै २–० को अग्रता लिएको थियो।

हाकिम जियाचले ४ मिनेटमै अग्रता दिलाएका थिए। त्यसपछि पुनः इन नेस्रीले २३ औँ मिनेटमा अर्को गोल थपेका हुन्।

तर, ४० औँ मिनेटमा क्यानडाले गोल फर्काएको थियो। मोरक्कोका अगुर्डले क्यानडालाई आत्मघाती उपहार दिएका हुन्। क्यानडा भने यसअघि नै विश्वकपबाट बाहिरिइसकेको छ।

समूह ई का निर्णायक खेल बिहीबार राति नै हुनेछन्। जसमा स्पेन र जापान तथा जर्मनी र कोस्टारिक पौने १ बजे भिड्नेछन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.